काठमाडौं । कुमारी बैंक लिमिटेड र धुलिखेलस्थित दूषित ठानी हिमालयन रिसोर्टबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई रिसोर्टबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले दूषित ठानी हिमालयन रिसोर्टबाट प्रदान गरिने सेवाहरू जस्तैः खाना तथा पेय पदार्थ, देवराणा वेलनेस (स्पा), स्वमिङ पुल, ज्याकुजी, स्टिम तथा सोनामा कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड, मोबाइल बैंकिङ सेवाबाट रकम भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाबाट सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।
बैंकले हाल देशभर रहेका आफ्ना तीन सय दुई वटा शाखा सञ्जाल, तीन सय १८ वटा एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाईमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ । आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने बैंकले जनाएको छ ।