काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष नयाँ नोटको सट्टा सुकिला नोट मात्र सटही दिने भएको छ । हरेक वर्ष दसैंमा नयाँ नोट सटही दिँदै आएको राष्ट्र बैंकले यस वर्ष सुकिला नोट मात्र सटही दिने भएकोे छ । राष्ट्र बैंकले बुधबार सूचना जारी गरेर आगामी असोज १३ गतेबाट २६ गतेसम्म सुकिला नोट सटही दिने जनाएकोे हो ।
राष्ट्र बैंकले सुकिला नोटको सटही मुद्र्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी)बाट गर्न सकिने जनाएको छ ।
यस्तै, बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरूबाट समेत सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको जनाएकोे छ । आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गई नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।