काठमाडौं । लक्ष्मी सनराइज बैंकले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा आफ्नो शाखा स्थानान्तरणमार्फत सेवा विस्तार गरेको छ । बैंकको वीरगञ्ज महानगरपालिका वडा नं ६ स्थित आदर्शनगर चोकमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा नं ८ स्थित लिंक रोड (अघिल्लो शाखा स्थानबाट करिब एक किमि उत्तरपूर्व) मा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकले आदर्शनगरमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने बैंकले जानकारी दिएको छ ।
स्थानान्तरण भएसँगै लक्ष्मी सन्राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीलाई सबै प्रकारका रिटेल बैँकिङ सेवाहरू प्रदान गर्नेछ । हाल बैंकको सञ्जालमा ५९ जिल्लामा दुई सय ५४ वटा शाखा, तीन सय २० वटा एटीएम, २८ एक्स्टेन्सन काउन्टर र एक सय २८ शाखारहित बैंकिङ एजेन्ट रहेका छन् ।