काठमाडौं । मुक्तिनाथ विकास बैंक र बुद्ध एयरबीच बैंकका कर्मचारी र ग्राहकलाई हवाई टिकट खरिद गर्दा विशेष छुट प्रदान गर्न व्यावसायिक सम्झौता भएको छ । एक कार्यक्रमबीच उक्त सम्झौतामा बैंकको तर्फबाट बैंकका मार्केटिङ विभाग प्रमुख विनय रत्न शाक्य र बुद्ध एयरको तर्फबाट मार्केटिङ सेल्सका निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौताबमोजिम अगामी दिनमा मुक्तिनाथ विकास बैंकको मोबाइल बैंकिङ तथा भिजा कार्ड प्रयोग गर्ने सबै ग्राहकहरूले बुद्ध एयरको टिकट काउन्टरबाट हवाई टिकट खरिद गर्दा आठ प्रतिशतसम्म छुट पाउने छन् । बुद्ध एयरका मार्केटिङ सेल्सका निर्देशक रुपेश जोशीले अब केही दिनभित्रमा बुद्ध एयरको मोबाइल एपबाट समेत सो सुविधा लिन सक्ने व्यवस्था मिलाउने जानकारी दिए ।
साथै, बैंकले नेपालमै टिक्न, सजिलो छ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरू ल्याएको छ । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङजस्ता सेवाहरू बैंकको शाखामा भौतिकरूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।