काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सूचना अधिकारीको जिम्मेवारी उपकार्यकारी अधिकृत पवन रेग्मीलाई दिएको छ । बैंक व्यवस्थापन समितिकोे यही भदौ १६ गते बसेको बैठकको निर्णयानुसार उपकार्यकारी अधिकृत रेग्मीलाई बैंकको सूचना अधिकारीको जिम्मेवारी प्रदान गरिएको हो ।

बैकले हाल ७७ जिल्लामा रहेका दुई सय ९४ वटा शाखा कार्यालय, तीन सय १० वटा एटीएम र ७३ वटा एक्स्टेन्सन काउन्टरमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।