काठमाडौँ । सुनको मूल्यले आइतबार स्थानीय बजारमा नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागिरहेको सुनको मूल्य आइतबार प्रतितोला पाँच सयले वृद्धि भएको छ ।

शुक्रबार प्रतितोला एक लाख ५६ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आइतबारका लागि भने एक लाख ५६ हजार आठ सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।