काठमाडौं । शेयर बजार परिसुुचक (नेप्से) पुन ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से परिसुचक ५० दशमलव ७३ अंकले ओरालो लागेर २६ सय ३७ दशमलव ७९ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ८१ अंकले ओरालो लागेर चार सय ६८ दशमलव ६५ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय २४ वटा कम्पनीहरुको एक लाख १९ हजार सात सय ३९ पटक शेयर किनबेच भएको छ । जसबाट दुई करोड ४८ लाख ४६ हजार सात सय ८२ कित्ता शेयर खरिद बिक्री भएकोमा सबै समुहहरुको सुचक ओरालो लागेर सेयर बजार पुरै रातो भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक ओरालो लागेर शेयर बजार पुरै रातो भएको छ ।