काठमाडौं, असार १७ मेगा बैंकले विशेष साधारणसभाको आह्वान गरेको छ । बैंकले यही असार २१ गते विशेष साधारणसभाको आह्वान गरेको छ । बैंकले क्षेत्रीयस्तरको गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रक्रियाको लागि विशेष साधारणसभाको आह्वान गरेको हो । सोअनुुरूप बैंकले गण्डकीलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नको लागि केन्द्रीय कार्यालय काठमाडौँको दरबारमार्गमा विशेष साधारणसभाको आह्वान गरेको हो । मेगाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ४५ करोड १० लाख ९० हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब २१ करोड ४२ लाख ८२ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी १० अर्ब ३८ करोड ८६ लाख २१ हजार चार सय ४५ रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ८५ अर्ब सात करोड ४० लाख २७ हजार रूपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब ७४ करोड १० लाख रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन अर्ब १८ करोड ३३ लाख ८८ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ३२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा बैंकले ७८ अर्ब ६८ करोड ४८ लाख ५९ हजार रूपैयाँ निक्षेप संकलन गरी ६९ अर्ब ८६ करोड १३ लाख २७ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई अर्ब ७५ करोड २७ लाख ९६ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।