काठमाडौं । कृषि विकास बैंकको सञ्चालक समितिको सदस्यमा दीर्घराज मैनाली नियुक्त भएका छन् । नेपाल सरकार (माननीय उपप्रधान तथा अर्थमन्त्रीस्तर)को निर्णयानुसार कृषि विकास बैंक सञ्चालक समितिको सञ्चालक सदस्यमा मैनाली मनोनयन भएका हुन् ।
नवनियुक्त सञ्चालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको सहसचिव पदमा कार्यरत रहेका छन् । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार नवनियुक्त सञ्चालक सदस्य मैनालीलाई बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले सपथग्रहण गराएका थिए । उक्त अवसरमा कृषि विकास बैंकका सञ्चालक सदस्यहरू सञ्जीव कुमार कर्ण, गोविन्दप्रसाद भट्टराई सञ्जीव पौडेल, विनोद कुमार गुरागाइँ, रिता सुवेदी, बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, बैंकका कम्पनी सचिव हिमलाल पौडेल समेतको उपस्थिति रहेको थियो ।