काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जनकपुरस्थित मिथिला यात्री निवासमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको नेतृत्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन गरी मधेश प्रदेशबाट योग्य भएका एक सय ५० जनाभन्दा बढी अभिकर्ताहरू, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले सीईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा बत्ती बालेर शुभारम्भ गरिएको सम्मान कार्यक्रममा मधेश प्रदेशबाट सीईओ क्लबका सदस्य हुन सफल अभिकर्तालाई सीईओ क्लब सदस्यता वितरण गरिएको थियो भने सो प्रदेशबाट आफ्नो कोडमा र सञ्जालमा प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्तालाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।
सो अवसरमा प्रमुख कार्यकारी अधिकृतले मधेश प्रदेशबाट नेसनल रत्न हुन सफल अभिकर्तालाई पनि नेसनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरिएको थियो । समारोहमा प्रमुख कार्यकारी अधिकृतले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यावसायिक बनाउन थप लगानी गर्ने जानकारी गराउँदै यसमा महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई कम्पनीले सधँै प्राथमिकतामा राख्ने प्रतिबद्धता समेत व्यक्त गरे साथै सीईओ क्लब र नेसनल रत्नअन्तर्गत योग्य हुने अभिकर्ताहरूलाई प्रदेशस्तरीयरूपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजनाअनुसार मधेश प्रदेशमा पहिलो सम्मान कार्यक्रम राखिएको जानकारी गरँउ । सम्मानित बिजनेस लिडरहरूले प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए ।