काठमाडौं । सेन्ट्रल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः रजोजमान श्रेष्ठ नियुक्त भएका छन् । फाइनान्सको यही भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । फाइनान्सका अनुसार श्रेष्ठलाई आगामी असोज तीन गतेदेखि लागू हुने गरी चार वर्षको दोस्रो कार्यकालका लागि पुनः प्रमुख कार्यकारीमा नियुक्त गरिएको हो ।