काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा महेशप्रसाद दाहाल नियुक्त भएका छन् । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ तथा बैैंकको नियमावलीबमोजिम बैंक सञ्चालक समितिको एक सय ४९औँ बैठकको निर्णयले यही भदौ २८ गतेदेखि नै लागू हुनेगरी चार वर्षे कार्यकालको लागि उनलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।
नेपाल सरकारको सचिव पदबाट सेवानिवृत्त भएका उनले एमपीए र एमबीए गर्नुका साथै कानुनमा स्नातक समेत गरेका छन् । नेपाल सरकारको सेवामा रहँदा उनले विभिन्न तह र जिम्मेवारीमा रहेर कार्य गरेको लामो समयको अनुभव रहेको छ । उनको कार्यकालमा बैंकले थप उचाइ हासिल गर्नै विश्वास लिएको बैंकको भनाइ छ ।