काठमाडौं । बाल दिवसको अवसरमा नेपाल बाल संगठनले आयोजना गरेको ‘राष्ट्रिय विद्यालय लोक नृत्य प्रतियोगिता २०८१’ मा आस्था विद्या मन्दिरका छात्राहरूले प्रथम स्थान हासिल गरेका छन् । प्रतियोगितामा देशभरका विभिन्न विद्यालयले सहभागिता जनाएका थिए ।
आस्था विद्या मन्दिरका कक्षा सात र आठका छात्राहरू मिनाक्षी, आयुष्मा, एलिना, अक्क्षा, यनी, रोइस्का, आयुषा, र रश्मीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका हुन् । विजेता विद्यार्थीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा प्रधानमन्त्री ओलीले बालबालिकाको सिर्जनात्मकता, संस्कृति र प्रतिभाको प्रोत्साहन गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । साथै, उनले विद्यालयहरूले यस्ता अवसरलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।