काठमाडौं । हुकुट स्टोरले ‘स्पिन एन्ड विन’ अफरको घोषणा गरेको छ । कम्पनीले दशैँ अभियानअन्तर्गत सो अफर योजना घोषणा गरेको हो । असोज ३ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने उक्त अभियानमा तीन लाख रुपैयाँसम्म जित्न सकिने कम्पनीले जनाएको छ । यस्तै, उक्त अभियानमा रोमाञ्चक छुट र भौचरहरू जित्ने मौका पनि रहेको छ । सो योजनामा सहभागी हुन कम्पनीका सामान खरिद गर्ने प्रत्येक ग्राहकले एक नम्बर प्राप्त गर्नेछन् । सो नम्बरमार्फत मिनी पुरस्कारमा एक हजार र मेजर पुरस्कारमा २० हजार रुपैयाँ क्यासब्याक पाइनेछ भने ग्रान्ड पुरस्कारहरूमा ग्याजेटसहित तीन लाख, सुन र एक भेस्पा स्कुटर पाइने जनाइएको छ ।