काठमाडौं । नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही असोज २३ गते काठमाडौंैमा आफ्नो १५औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
वार्षिक साधारणसभामार्फत कम्पनीले कर प्रयोजनको लागि समेत गरी कुल पाँच करोड ११ लाख ५७ हजार आठ सय ९४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि कम्पनीको यही असोज १८ गते सेयर दाखिला बन्द हुनेछ । सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असारसम्मको वासलात र आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने समेतको प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।