काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बोनस सेयर वितरणको घोषणा गरेको छ । कम्पनीको पछिल्लो पटक बसेको सञ्चालक समितिको ३०औँ बैठकले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षको खुद नाफामध्येबाट १८ दशमलव ३८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको चुक्ता पुँजी हाल चार अर्ब १८ करोड रुपैयाँ रहेको छ । बोनस सेयर वितरणपश्चात कम्पनीको चुक्ता पुँजी चार अर्ब ९५ करोड रुपैयाँ पुग्नेछ ।