काठमाडौं । फोनपेले ‘सुपर यात्रा’ अभियानको घोषणा गरेको छ । फोनपे नेपालको प्रमुख डिजिटल भुक्तानी नेटवर्कले यही असोज दुई गतेबाट ‘सुपर यात्रा’ अभियानको घोषणा गरेको हो ।
दशैं र तिहार चाँडै नजिकिँदै गर्दा, यो अभियानले हवाई टिकटको खरिदमा आकर्षक क्यासब्याक पुरस्कार प्रदान गरेर यात्रा अझ सस्तो र सुविधाजनक बनाउन लक्षित गरेको छ । ‘सुपर यात्रा’ अभियानको अंशको रूपमा, नयाँ प्रयोगकर्ताले पहिलो हवाई टिकट बुकिङमा तीन सय रूपैयाँ क्यासब्याक प्राप्त गर्नेछन्, जबकि विद्यमान प्रयोगकर्ताहरूले टिकट खरिदमा दुई सय रूपैयाँ क्यासब्याकको लाभ लिन सक्नेछन् । यी क्यासब्याक प्रस्तावको अतिरिक्त, फोनपेले रोचक गिफ्टहरूको पनि घोषणा गरेको छ । एक भाग्यमानी विजेताले एक वर्षका लागि निःशुल्क हवाई टिकट प्राप्त गर्नेछन् । हरेक हप्ता पाँच भाग्यमानी सहभागीले स्मार्टवाच जित्ने अवसर पाउनेछन् । जसले अभियानलाई अझ रोमाञ्चक बनाउँछ ।
यो पहल चाडपर्वको समयमा यात्रा मागको उच्चस्तरलाई पूरा गर्न र प्रयोगकर्तालाई हवाई टिकट बुकिङको लागि सहज र सस्तो डिजिटल भुक्तानी विकल्पहरू प्रदान गर्न डिजाइन गरिएको छ । सहज अनलाइन सेवाको बढ्दो प्राथमिकतासँगै, फोनपे प्रयोगकर्तालाई हवाई टिकट बुकिङको लागि एक समर्पित, नगदरहित अनुभव प्रदान गर्न प्रतिबद्ध छ । यसको बृहत् एयरलाइन साझेदार र यात्रा प्लेटफर्मको नेटवर्क मार्फत । ‘दशैं र तिहार नेपालमा प्रमुख यात्रा सिजनहरू हुन् । ‘सुपर यात्रा’ अभियानमार्फत हामी हाम्रा ग्राहकलाई सस्तो र सुविधाजनक यात्रा विकल्पहरू प्रदान गर्न चाहन्छौं,’ फोनपेका सीएसओ सुभोद शर्माले भने, ‘क्यासब्याक प्रोत्साहन र गिफ्टहरूको माध्यमबाट हामी ग्राहक सन्तुष्टि बढाउन र थप प्रयोगकर्तालाई डिजिटल भुक्तानी अपनाउन प्रोत्साहित गर्न चाहन्छौं ।’