काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायनेट कम्युनिकेसनले ‘भायनेट महामहोत्सव’ अफर सार्वजनिक गरेको छ । कम्पनीले चाडपर्वको अवसर पारेर ग्राहकहरूको लागि थप स्पिड, बचत र रोमाञ्चक अफर ल्याएको हो । महोत्सवअन्तर्गत ग्राहकले १२५ एमबीपीएसको सट्टा त्यही मूल्यमा २०० एमबीपीएस स्पिड प्राप्त गर्न सक्नेछन् ।
यस्तै, वार्षिक आठ हजार नौ सय ९९ रुपैयाँमा भायनेटले आफ्ना अहिलेका एक सय २५ एमबीपीएस सब्सक्राइब गर्ने वार्षिक ग्राहकलाई दुई सय एमबीपीएसमा अपग्रेड गरिसकेको जनाएको छ । साथै, भायनेटले ग्राहकको घरभरि वाइफाई कभरेज बढाउनलाई जेटटीईको मेस वाइफाइमा अफर ल्याएको छ । ग्राहकहरूले मेस वाइफाई राउटरमा दुई वटा सेटलाई एकको मूल्यमा पाउन सक्नेछन् । यसको लागि मात्र तीन हजार रुपैयाँ (भ्याटसहित) अतिरिक्त तिर्नुपर्नेछ । यो मेस अफर भायनेटका २०० एमबीपीएस वा माथिका वार्षिक ग्राहकलाई मात्र सीमित रहेको कम्पनीले जनाएको छ ।
यस्तै, भायनेटका तीन महिनाभन्दामाथि नवीकरण अथवा नयाँ जडान गर्ने ग्राहकहरूले टिभी ब्रान्ड हाइसेन्सको टिभी, फ्रिज, वासिङ मेसिनजस्ता इलेक्ट्रोनिक्स सामानहरूमा २८ प्रतिशतसम्म डिस्काउन्ट पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।