काठमाडौंँ । श्रीलङ्काका नवौं राष्ट्रपतिको निर्वाचनमा ऐतिहासिक जित हासिल गरेकोमा अनुरा कुमारा दिसानायकेलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई दिएका छन् ।
नवनिर्वाचित राष्ट्रपति दिसानायकेसहित उनले नेतृत्व गरेको गठबन्धन नेशनल पिपुल्स पावर र उनको दल जेभीपीलाई अध्यक्ष दाहालले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।
अध्यक्ष दाहालले भने, “भ्रष्टाचार, आर्थिक सङ्कट र भूराजनीतिक तनावको सही समाधानका रूपमा माक्र्सवादी नेता चयन गर्ने श्रीलङ्काली जनतालाई म सलाम गर्छु । उहाँको कार्यकालमा नेपाल र श्रीलंकाबीचको सम्बन्ध थप सुमधुर हुने विश्वास लिएको छु ।”