काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)को निर्जीवन बीमा अभिकर्ता साथै कर्मचारी अभिवृद्धि (इनहाउस) तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । कम्पनीका अनुसार यही असोज दुईदेखि पाँचसम्म वीरगञ्जमा सम्पन्न यो तालिमको उद्देश्य सलिकोका मधेश प्रदेशभरका कार्यरत कर्मचारीहरूको व्यावसायिक दक्षतामा सुधार ल्याउनुरहेको छ ।
उक्त कार्यक्रममा प्रतिष्ठित अतिथिहरूको उपस्थित रहेको थियो जसमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडकी नायब प्रमुख कार्यकारी अधिकृत श्रीमती करिष्मा साउद आचार्य, नेपाल बीमा प्राधिकरणकी मधेश प्रमुख श्रीमती प्रिती देव र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका मधेश प्रदेश प्रमुख निशान्त कुमार लामिछाने रहेका थिए । तालिम प्रशिक्षकहरूमा आन्तरिक नियन्त्रण विभागमा प्रमुख बासुदेव जोशी, दाबी विभागका सुबिन्द्र डंगोल, अन्डरराइटिङ विभागका भास्कर भुजेल र श्रीमती सीमा गुप्ता र मानव संशाधन विभागका प्रवल अर्याल रहेका थिए । प्रशिक्षकहरूले विभिन्न क्षेत्रका समसामायिक विषयहरूमा जानकारी तथा आवश्यक ज्ञान प्रदान गरेका थिए ।
मुख्य अथिति श्रीमती प्रिती देवले बीमा क्षेत्रमा पालना गर्नुपर्ने नियम कानुनको महत्वबारे प्रकाश पारे । उनले बीमा उद्योगमा दीर्घकालीन स्थिरता कायम राख्न र विश्वास बढाउन नियमहरूको कडाइसँग पालना गर्नुपर्ने आवश्यक रहेको कुरामा जोड दिए । यस इनहाउस तालिममा मधेश प्रदेशका विभिन्न शाखाबाट आएका कर्मचारीहरूले सक्रियरूपमा भाग लिएका थिए, जसले सबै सहभागीहरूलाई समग्ररूपमा सिक्ने अवसर प्रदान गर्यो ।