काठमाडौं । स्वस्थानी यातायातले काठमाडौँ पोखरा रुटमा सुविधा सम्पन्न अन्तर्राष्ट्रिय मापदण्डको बस सेवा सञ्चालनमा ल्याएका छन् । आउँदै गरेको चाडपर्व लक्षित गरी सो ट्राभल्सले सुविधा सम्पन्न सोफा सिट जडान गरिएको दुईवटा बसबाट सेवा सुरु गरेको हो ।
छोटो समयमा नै थप बस समेत सञ्चालनमा आउने कम्पनीले जनाएको छ । यात्रुहरूको सुविधालाई ध्यानमा राखेर आधुनिक सोफा सेट, एसी, हिटर, मोबाइल चार्जर पोइन्ट र वाइफाईको समेत सुविधा रहेको सञ्चालक ईश्वर थापाले बताए । सञ्चालक थापा निकै लामो समयदेखि पृथ्वी राजमार्गअन्तर्गत सञ्चालन हुने यातायातको क्षेत्रमा सफल तथा चर्चित व्यवसायी हुन् । हाललाई यो यातायातले पोखरा र काठमाडौँबाट दिउँसोको समयमा सेवा सुचारु गरेको छ । उक्त बसको टिकट अनलाइनमार्फत पनि खरिद गर्न सकिने जनाइएको छ । उक्त बस सेवाको शुक्रबार राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजय बहादुर स्वारले शुभारम्भ गरेका थिए ।