काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मासिक स्किमअन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरूलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग साक्षात्कारसहितको डिनर कार्यक्रम ‘मिट द सीईओ’ सम्पन्न गरेको छ ।
गण्डकी प्रदेशबाट योग्य भएका करिब ३५ जना अभिकर्ताहरू, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा प्रमुख कार्यकारी अधिकृतले मायाको चिनो प्रदान गर्नुका साथै स्किममा व्यवस्था भए अनुरूप अर्लि क्वालिफायर विजेता र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्र्न सफल अभिकर्ताहरूलाई विशेष सम्मान गरीएको थियो । प्रमुख कार्यकारी अधिकृतले यस कार्यक्रममा छनौट हुने सम्पूर्ण अभिकर्ताहरूलाई प्रदेशस्तरीय सम्मान गर्ने क्रममा गण्डकी प्रदेशबाट छनौट हुने अभिकर्ताहरूलाई सम्मान गरेका छन् । साथै, यो कार्यक्रम मधेश प्रदेशबाट सुरु गरिएको र छिट्टै नै अन्य प्रदेशहरूमा पनि गरिने जानकारी गराए ।
समारोहमा प्रमुख कार्यकारी अधिकृतले अभिकर्ताहरूको हितलाई मध्येनजर गर्दै समय सान्दर्भिक योजनाहरू प्रस्तुत गर्ने क्रममा मिट द सीईओ स्किम जारी गरेको र नेपालभरबाट यस स्किममा तीन सयभन्दा बढी अभिकर्ताहरू छनौट हुन भएकामा गण्डकी प्रदेशबाट मात्रै ३५ जना अभिकर्ताहरू छनौट हुन सफल भएकाले यस स्किममा जोडिने सम्पूर्ण अभिकर्ताहरूलाई हार्दिक बधाई ज्ञापन गरे ।
कार्यक्रममा सहभागी अभिकर्ताहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत समक्ष बीमा व्यवसायमा जोडिएका हरेक पक्षहरूका बारेमा विस्तृत रूपमा छलफल गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए । यस योजनाले अभिकर्ता र कम्पनीका सीईओ दुवैलाई प्रत्यक्ष रूपमा जोडी अन्तर्क्रिया गर्ने अवसर जुराउँदा अभिकर्ता तथा कम्पनी दुवै पक्षलाई हित हुने भएकोले यस प्रकारको योजना आगामी दिनहरूमा पनि ल्याउनुपर्ने सुझाव दिएका थिए ।