काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन २२ दशमलव ३६ अंंकले ओरालो लागेको नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार भने ४४ दशमलव ४५ अंकले उकालो लागेर २५ सय आठ दशमलव ८६ बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गनैं सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ४५ अंकले उकालो लागेर चार सय ५१ दशमलव ३४ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय १९ वटा कम्पनीहरुको ५० हजार छ सय ८० पटक शेयर किनबेच भएको छ । जसबाट ९७ लाख १७ हजार नौं सय ५९ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ७१ करोड ५३ लाख ५९ हजार नौं सय ३५ रुपैयाँ पुगेको छ ।
धितोपत्र बजार बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक ओरालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।