काठमाडौं । काठमाडौँको न्युरोडस्थित ह्वाइट फेदर्स ज्वेलरीले दशैँ, तिहार तथा छठ पर्वलक्षित उपहार योजना ल्याएको छ । यसअन्तर्गत २४ क्यारेट सुनका गरहगना बनाउँदा ग्राहकहरूले जर्तीको शुल्क तिर्नुपर्ने छैन भने ज्याला पनि जम्मा पाँच प्रतिशत मात्रै तिरे पुग्नेछ ।
आगामी मंसिर ३ गतेसम्म चल्ने यस योजनामा डायमन्डका गरगहनामा ५० प्रतिशत छुट दिइनेछ । यस्तै, चाँदीका भाडावर्तनमा प्रतितोला १२० रुपैयाँ ज्याला मात्रै लाग्ने जनाइएको छ । सामान्यतया, चाँदीका भाडावर्तनमा प्रतितोला दुई सय रुपैयाँ ज्याला लाग्ने गर्दछ । योजनाको बम्पर उपहारअन्तर्गत एक जना भाग्यशाली बिजेताले आइफोन १६ जित्ने मौका पनि पाउनेछन् । यसका लागि दुई महिनामा कम्तीमा दुई पटक गरगहना खरिद गरेको हुनुपर्नेछ । दुई महिनामा दुई पटक ह्वाइट फेदर्स ज्वेलरीबाट गहना खरिद गर्ने ग्राहकमध्येबाट लक्की ड्रमार्फत विजेता छनोट गरिने ज्वेलरीका संस्थापक स्किनर रसाइली बताउँछन् ।
यस्तै, प्रत्येक महिना एक जोडी (दम्पती)लाई लक्की ड्रमार्फत चितवन वा पोखराको टुर प्याकेज उपलब्ध गराइनेछ । यसअन्तर्गत दुई महिनामा दुई दम्पतीले यो अफर पाउनेछन् । यस्तै, प्रत्येक महिना एक दम्पतीलाई लक्की ड्रमार्फत नै पाँचतारे होटलमा ‘वान नाइट स्टे’समेत प्रदान गरिनेछ । दुई महिनासम्म चल्ने यस अफर योजनाअन्तर्गत दुई महिनामा दुई दम्पतीले यो मौका पाउनेछन् । यसैगरी प्रत्येक महिना प्रतिष्ठित नेपाली जुत्ता ब्रान्ड ‘योलो’को तर्फबाट दुई जना सेवाग्राहीले आकर्षक गिफ्ट ह्याम्पर पनि प्राप्त गर्नेछन् । यसैगरी कम्पनीले हरेक हप्ता ग्राहकहरूले विभिन्न उपहार जित्ने स्किम पनि सँगसँगै ल्याएको छ ।