काठमाडौं असार १९ युुनाइटेड इन्स्योरेन्स कम्पनीका सञ्चालक जीवन भट्टराईले राजीनामा दिएका छन् । कम्पनीका अनुसार सञ्चालक भट्टराईले असार पाँच गतेबाट पदबाट राजीनामा दिएका थिए । उनको राजीनामालाई यही असार १७ गते बसेको सञ्चालक समितिको तीन सय ४५औं बैठकले सोही दिनबाट लागू हुनेगरी स्वीकृत गरेको कम्पनीले जनाएको छ ।