काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा भारतीय गुप्तचर विभाग 'रअ' का प्रमुख रवि सिन्हाको निम्तोमा बुधबारदेखि चारदिने भारत भ्रमणमा जाने भएका छन् । उनी त्यहाँ बस्दा समकक्षी सिन्हासँग सूचना आदान प्रदान र आपसी सहयोगको बारेमा छलफल गर्ने कार्यक्रम रहेको बुझिएको छ । गुप्तचर प्रमुख थापा १९ गते स्वदेश फर्कने समाचार स्रोतको दावी छ ।