काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन उकालो लागेको छ । अघिल्लो दिन ४४ दशमलव ४५ अंकले उकालो लागेको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार भने एक सय १४ दशमलव ७० अंकले उकालो लागेर २६ सय २३ दशमलव ५६ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १९ दशमलव ४६ अंकले उकालो लागेर चार सय ७० दशमलव ८१ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय सात वटा कम्पनीहरुको ९६ हजार नौं सय छ पटकको कारोबारमा एक करोड ७५ लाख सात हजार पाँच सय ५५ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम सात अर्ब ६१ करोड ६५ लाख २२ हजार दुई सय ५८ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १३ वटै उपसमुहहरुको सुचक उकालो लाग्दा शेयर बजार पुरै हरियो भएको छ ।