काठमाडौं असार १९
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दोलखाको मागा देउरालीमा पनि शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरूलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु-याउने उद्देश्यका दोलखा जिल्लाको मागादेउराली,–०३ बाघखोरमा १०४औं शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको हो ।
सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी गोविन्द श्रेष्ठलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जानकारी दिएको छ । यो शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरूको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरू उपलब्ध गराउने लक्ष्य राखिएको बैंकले जनाएको छ । यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति उल्लेखनीय विश्वास एवं बैंकिङ सभ्यताको विस्तार हुने अपेक्षा लिएको बैंकले जनाएको छ ।
कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत प्रत्येक प्रदेश सरकारअन्तर्गतको कोषमा सात लाखका दरले ४९ लाख, विभिन्न स्थानीय निकायमा खडा गरिएको कोषमा करिब छ लाख तथा विभिन्न संघ संस्थालाई छ लाख गरी हालसम्म कुल ६१ लाख रुपैयाँको सहयोग गरेको छ ।
विश्वका अधिकांश मुलुकहरू कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट आक्रान्त बनेको अवस्थामा बैंकले सावधानीपूर्वक आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू चुस्त दुरुस्त, छिटोछरितो तवरले प्रदान गर्न हरसम्भव प्रयास गरिरहेको छ । नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै बैंकले लकडाउनको अवधिमा पनि ग्राहकहरूको सुविधाका लागि अत्यावश्यक सेवाहरू जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरू प्रदान गर्दै आएको छ ।
बैंकले सातै प्रदेशमा रहेका शाखाहरूमध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ सेवा दिँदै आएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीको जोखिम न्यूनीकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पु¥याउने उद्देश्यले बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङलगायतका विद्युतीय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । साथै यस बैंकको एटीएम कुनै पनि बैंकको एटीएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।