वासिड.टन डीसी, असार १९
अमेरिकाको बेरोजगारी दर जुन महिनामा घटेर ११.१ प्रतिशतमा झरेको रिपोर्ट सार्वजनिक भएको छ । विश्व महामारी कोरोनाले आक्रान्त अमेरिकामा सार्वजनिक पछिल्लो रिपोर्टले आर्थिक क्षेत्रमा सुधार आइरहेको देखाएको हो । श्रम विभागले बिहीबार रिपोर्ट सार्वजनिक गरेको अमेरिकी मिडियाले जनाएका छन् । यो अवधिमा ४८ लाख नयाँ रोजगारी समेत सिर्जना भएको बताइएको छ । विश्लेषकहरुले भने यो अवधिमा बेरोजगारी दर १२.३ प्रतिशत रहने र ३० लाख मात्रै रोजगारी सिर्जना हुने अनुमान गरेका थिए । मे महिनामा २७ लाख रोजगारी सिर्जना भएको थियो ।
अमेरिकी राज्यहरु लकडाउनबाट पुनः सामान्य अवस्थामा फर्किँदै गर्दा यसले आर्थिक गतिविधि बढेको हो । अमेरिकामा केही कम भएको कोरोना संक्रमण पुनः देखिन थालेको छ । कतिपय राज्यमा नयाँ संक्रमित ५० हजारले बढेका छन् । नयाँ संक्रमित देखिएसँगै कतिपय राज्यमा पुनः कडाइ थालिएको छ । कतिपय कम्पनीहरुले खुले पनि बन्द गर्न थालेका छन् । विभागको तथ्यांकअनुसार थप १४ लाख ३० हजारले बेरोजगार रहेको बताएका छन् ।