काठमाडौं । नेपाली बजारमा टेक्नोले आफ्नो नयाँ फोन स्पार्क ३० सी सार्वजनिक गरेको छ । विशेषगरी जेन जी कलेज विद्यार्थी र ट्रेन्डसेटरहरूको लागि डिजाइन गरिएको यस फोनमा आकर्षक डिजाइन, उच्च कार्यक्षमता र अत्याधुनिक प्रविधिको संयोजन रहेको छ ।
स्पार्क ३० सी को ६+१२८ जीबी भेरियन्टको मूल्य १६ हजार चार सय ९० रूपैयाँ र ८+२५६ जीबी भेरियन्टको मूल्य १९ हजार नौ सय ९० रूपैयाँ राखिएको छ । सेप्टेम्बर ३० बाट अनलाइन र अफलाइन दुवै माध्यममा उपलब्ध हुने यो फोनले गेमिङ, मल्टिटास्किङ र मनोरञ्जनको उत्कृष्ट अनुभव प्रदान गर्ने बाचा गरेको कम्पनीले जनाएको छ । ५० एमपी एचडी प्राइमरी क्यामेरा, ५००० मेगाहर्ज ब्याट्री, र १२० हर्ट्ज डिस्प्ले जस्ता विशेषताहरूले यो फोनलाई अझ आकर्षक बनाएको छ । साथै, थप आकर्षण यसको १२ प्लस एक महिनाको वारेन्टीमा एक सय दिनसम्म फोन रिप्लेसमेन्टको ग्यारेन्टीसमेत रहेको छ । स्पार्क ३० सीको अर्बिट ब्ल्याक, अर्बिट ह्वाइट र म्याजिक स्किन ग्रिन रंगमा उपलब्धता रहेको छ ।