ढाका । बंगलादेशमा यस वर्षको अगस्टको अन्त्यमा मोबाइल फोन प्रयोगकर्ताको कुल संख्या १९ करोड २० लाख पुगेको देशको दूरसञ्चार नियामकको पछिल्लो तथ्यांकले देखाएको छ ।
बंगलादेश दूरसञ्चार नियामक आयोग (बीटीआरसी) को तथ्यांकअनुसार दक्षिण एसियाली देशमा सन् २०२४ को अगस्टमा ग्राहकको संख्या १९ करोड २४ लाख ३० हजार पुगेको छ । हाल बंगलादेशमा चार मोबाइल कम्पनी छन् र तीमध्ये तीन विदेशी समर्थित सेल फोन अपरेटरहरू छन् ।
अगस्टको अन्त्यमा मोबाइल अपरेटरहरू ग्रामीण फोन, रोबी एक्जिएटा, बंगालालिंक डिजिटल कम्युनिकेसन र टेलिटक बंगलादेशका ग्राहकहरूको संख्या क्रमशः आठ करोड ५८ लाख, पाँच करोड ८३ लाख, चार करोड २४ लाख र छ करोड ५३ लाख रहेको बीटीआरसीको तथ्यांकले देखाएको छ । बंगलादेशमा सन् २०२३ को अन्त्यमा १९ करोड आठ लाख मोबाइल फोन ग्राहकहरू थिए । रासस/सिन्ह्वा