काठमाडौं । अरुण कावेली पावर लिमिटेडले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले आउँदो कात्तिक चार गते होटल क्रिस्टल पशुपतिमा साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्नुुको अतिरिक्त चुक्ता पुँजी वृद्धिको लागि एक बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।