काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले भेट गरेका छन् । सो भेटमा अध्यक्ष दाहालले अन्तरव्यवस्थापिका सङ्घको सम्मेलनमा भाग लिन जान लागेको जानकारी गराएका थिए ।

स्वीट्जरल्याण्डमा हुने अन्तरव्यवस्थापिका सङ्घको सम्मेलनमा सहभागी हुनका लागि नेपाली प्रतिनिधिमण्डलमा नेतृत्व गर्दै अध्यक्ष दाहाल यही असोज २५ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।