काठमाडौं । ललितपुर महानगरपालिका २५ मा नख्खु खोलाले बगाएर ल्याएका दुई जनाको सकुशल उद्धार गरेका चाणिकलाल तामाङलाई केएनपी नेरोलेक पेन्ट्सले सम्मान गरेको छ । काठमाडौंमा एक कार्यक्रम गरी केएनपीले तामाङलाई नगदसहित सम्मान गरेको हो । नख्खु खोलाको भेलमा बग्दै आएका दुई जनालाई तामाङले सकुशल उद्धार गरेका थिए । ललितपुरमा बस्दै आएका काभ्रे तेमाल–९ का ३३ वर्षीय चाणिकलाल रङरोगनको काम गर्दै आएका छन् ।