नयाँदिल्ली । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले आज (आइतबार)देखि भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । राष्ट्रपति मुइज्जुले अक्टोबर ६ देखि १० सम्म भारतको औपचारिक भ्रमण गर्ने भारतीय विदेश मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपति मुइज्जु यसअघि सन् २०२४ को जुनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को शपथग्रहण समारोहमा सहभागी हुन भारत आएका थिए ।
भ्रमणका क्रममा मुइज्जुले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता गर्नुका साथै प्रधानमन्त्री नरेन्द्र मोदीसँग पारस्परिक हितका द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी बिजनेस इभेन्टमा भाग लिन मुम्बई र बेङ्गलोर पनि जानेछन् । गत महिना माल्दिभ्सका राष्ट्रपति कार्यालयका प्रमुख प्रवक्ता हिना वालिदले पनि राष्ट्रपति मुइज्जुको भारत भ्रमणबारे जानकारी दिएका थिए ।