काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबीच सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमका बीच मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद शर्मा र कुमारी क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै अब धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरधनीहरूको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्यहरू कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाडौंमार्फत मिति २०८१ कात्र्तिक १ गतेदेखि उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।