काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनीले विशेष साधारणसभाको आह्वान गरेको छ । कम्पनीका अनुसार हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नको लागि विशेष साधारणसभाको आह्वान गरिएको हो ।
कम्पनीले कात्तिक ७ गते, अमृतभोग क्याटरर, प्रालि, कालिकास्थान, काठमाडौँमा विशेष साधारणसभा बस्नेछ । सभाले हाल कायम चुक्ता पुँजीको एक बराबर एक अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्तावका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ । विशेष साधारणसभासम्बन्धी प्रयोजनको लागि कम्पनीको कात्तिक २ गते शुक्रबार, एक दिनका लागि सेयर दर्ता किताब बन्द हुनेछ ।