काठमाडौ । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से ५६ दशमलव शुन्य नौं अंकले उकालो लागेर २६ सय ५३ दशमलव ५८ बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव ७५ अंकले उकालो लागेर चार सय ७६ दशमलव ४६ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय आठ वटा कम्पनीहरुको ६९ हजार आठ सय ६० पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ५० लाख ४६ हजार सात सय १० कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम छ अर्ब १३ करोड ८२ लाख छ हजार सात सय पाँच रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपमसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुचक उकालो लाग्दा शेयर बजार पुरै हरियो भएको छ ।