काठमाडौं । विभिन्न युवामैत्री मनोरञ्जन र सोहरूमा टिकटिङ र भोटिङमा अग्रणी रहेको ‘खल्ती’ अब सारेगमप लिल च्याम्प्स नेपालको दोस्रो संस्करणका लागि एक्सक्लुसिभ भोटिङ पार्टनर बनेको छ । यस संस्करणमा खल्ती प्रयोगकर्ताहरूले आफूलाई मनपर्ने ‘सारेगमप लिल च्याम्प्स’का प्रतियोगीलाई खल्ती एपमार्फत सजिलै भोट गर्न सक्नेछन् ।
बालबालिकाहरूको गायन प्रतिभामा केन्द्रित ‘सारेगमप लिल च्याम्प्स’ विश्वव्यापीरूपमा चिनिएको फ्रेन्चाइज हो । पहिलो संस्करणबाट नै नेपाली साङ्गीतिक रियालिटी शोको एक महत्वपूर्ण हिस्सा बन्न पुगेको ‘सारेगमप लिल च्याम्प्स’को दोस्रो संस्करण यही मङ्सिरबाट स्पेस फोर के, डोको प्लेटफर्ममार्फत प्रसारण हुनेछ । यस संस्करणमा सङ्गीतका दिग्गज दीप श्रेष्ठ, युवा प्रतीक स्वप्न सुमन र सुवानी मोक्तान जज प्यानलमा रहने घोषणा गरिएको छ ।
सारेगमपका प्रोजेक्ट प्रमुख विपिन कुमारले भने, ‘खल्तीसँगको यस सहकार्यले हाम्रो दर्शकहरूलाई पहिलेभन्दा अझ सशक्त बनाएको छ । सो प्रतियोगी र गायन कलाका प्रशंसकहरूले अझ सरल तरिकाले भोटिङ गर्न पाउने यस व्यवस्थाले हाम्रो प्रतियोगीहरूको भविष्यमा महत्वपूर्ण प्रभाव पार्ने कुरामा हामी विश्वस्त छौँ। दर्शकहरूमाझ सहभागिता र सम्बन्ध विस्तार गर्नका निम्ति खल्तीसँग एक नयाँ डिजिटल दृष्टिकोण ल्याउन पाउँदा हामी एकदम उत्साहित छौँ ।’
खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले यस साझेदारीमा खुसी व्यक्त गर्दै भने, ‘हामीले हालसम्म सयौँ कार्यक्रमहरूको लागि खल्ती भोटिङ प्लेटफर्म प्रदान गर्दै आइरहेका छौँ ।