इजराइल । इजरायल–हमास युद्धको एक वर्ष पूरा हुनुअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भिडियो सन्देश जारी गरेका छन् । यसमा उनले इजरायल सातवटा मोर्चामा लडिरहेको बताएका छन् ।
‘हामी हाम्रो देशलाई हमास, इरान, हिजबुल्लाह, वेस्ट बैंकका आतङ्ककारीहरू, यमनका हुथी र इराक–सिरिया शिया विद्रोहीहरूको आक्रमणबाट बचाइरहेका छौँ,’ नेतान्याहुले भने ।
इजरायलको आत्मरक्षाको अधिकार दोहोर्याउँदै नेतान्याहुले इरानले गरेको ब्यालेस्टिक मिसाइल आक्रमणको बदला लिने बताएका छन् । इजरायलले पक्कै इरानमाथि आक्रमण गर्नेछ ।
इजरायलका रक्षामन्त्री योभ गालान्टले इरानको आक्रमणमा आफ्नो एयरबेसलाई समेत क्षति नपुगेको बताएका छन् । ग्यालेन्टले आइतबार नेभाटिम एयरबेसको भ्रमण गरेका थिए । अक्टोबर १ मा इरानले उक्त एयरबेसलाई निशाना बनाएको थियो ।
यसअघि शनिबार राति, इजरायली आक्रमण र लेबनानमा जमिन अपरेसनको बीचमा, इजरायली सेनाले बेरुत एयरपोर्ट नजिकै रातभर हवाई हमला गरेको थियो । केही आक्रमणहरू विमानस्थलतर्फ जाने सडकमा र केही विमानस्थलको पर्खालमा भएका थिए ।