काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन उकालो लागेको छ । अघिल्लो दिन ५६ दशमलव शुन्य नौं अ्रंकले उकालो लागेको बजार परिसुचक नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने ३७ दशमलव १३ अंकले उकालो लागेर २६ सय ९० दशमलव ७२ बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ३२ अंकले उकालो लागेर चार सय ८३ दशमलव ७८ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय पाँच वटा कम्पनीहरुको ७३ हजार एक सय १९ पटकको कारोबारमा एक करोड ५८ लाख ४५ हजार चार सय ४९ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम सात अर्ब नौं करोड ५९ लाख ५३ हजार २७ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स र उत्पादनमुलक उपसमुहको सुचक ओरालो लागेपनि बाणिज्य बैक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, बिकास बैंक, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् ।