काठमाडौं । एनएमबी बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रूपैयाँ बराबरको रकम सहयोग गरेको छ । उक्त सहयोगले बाढी पहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुनस्र्थापना गराउन र बिग्रिएका, भत्किएका संरचनाहरूको पुनर्निर्माण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास बैंकले लिएको छ । बैंकका उच्च पदाधिकारीहरूले आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगी उक्त सहयोग रकम बराबरको चेक प्रधानमन्त्री केपी शर्मा ओली समक्ष हस्तान्तरण गरेका हुन् ।
बाढी पहिरोबाट प्रभावित समुदायहरूलाई अत्यावश्यक राहत र सहायता प्रदान गर्ने उद्देश्यका साथ प्रदान गरेको उक्त सहयोग बैंकको सामाजिक उत्तरदायित्व र सामुदायिक कल्याणप्रति आफ्नो प्रतिबद्धता हो । साथै, यस चुनौतीपूर्ण समयमा दैवी प्रकोपबाट प्रभाभित नेपाली नागरिकहरूलाई चाहिने साथ र सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
एनएमबी बैंकले हाल देशभर दुई सय एक वटा शाखाहरू, एक सय ८७ वटा एटीएम काउन्टरहरू र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।