काठमाडौं । सामसङले फ्लड केयर २०२४ अभियान सुरु गरेको छ । अविरल बर्खाको वर्षाले ग्राहकहरूको घरमा क्षति पुगेका सामसुङका सामग्रीहरूको मर्मत गर्न सो अभियान सुरु गरेको कम्पनीले जनाएको छ । कम्पनीले सो कार्यका लागि कुनै शुल्क नलिने पनि जनाएको छ । यो सेवा भने वारेन्टी अवधिभित्र रहेका पानी क्षतिग्रस्त सामसङ प्रदत्तहरूको लागि लागू हुने जनाइएको छ । ग्राहकहरूले आफ्नो नजिकैको सामसङ सेवा केन्द्रहरू (सर्त तथा नियम लागू)बाट असोज १८ देखि २७ गतेसम्म लिन सक्नेछन् ।