काठमाडौं । सूर्य नेपाल भेन्चर्स प्रालिले आफ्नो नयाँ उत्पादन ‘मंगलदीप गुलाफ चन्दन अगरबत्ती’ नेपाली बजारमा सार्वजनिक गरेको छ । आकर्षक प्याकेजिङले सुसज्जित गुलाफ चन्दन अगरबत्तीको हरेक प्याकमा नौ इन्चका ४० वटा काँटीहरू रहेका छन् ।
कम्पनीले गुलाफ चन्दन अगरबत्तीको प्रत्येक प्याकको बिक्री मूल्य ५० रुपैयाँ कायम गरेको छ । यो अगरबत्तीमा गुलाफ र चन्दनको सुवासको समिश्रण रहेको छ । सम्भवतः पहिलो पटक यस किसिमको नयाँ सुवास सबैमाझ उपलब्ध हुनेछ । यो अद्वितीय सुवासले हरपल पवित्र बनाई सुवासको अलग्गै नयाँ अनुभव दिनेछ । यस अगरबत्तीमा हरेक शुभ कार्यका निम्ति उपयुक्त हुनुका साथै पूजाको पावन अनुभव पनि प्राप्त गर्न सकिने बताइएको छ । उत्कृष्ट गुणस्तरीयता कायम राखी मंगलदिप पूजा अगरबत्तीले मंगलदीप ब्रान्डको छवि र ब्रान्डप्रति उपभोक्ताको लगावलाई बलियो बनाउने विश्वास कम्पनीले लिएको छ ।
यस उत्पादनले, प्रिमियम अगरबत्ती खोज्ने सम्पूर्ण ग्राहक महानुभावहरूको मन जित्ने विश्वास कम्पनीले लिएको छ । मंगलदीप पूजा अगरबत्तीअन्तर्गत चम्पा, सुपर चम्पा, जस्मिन, चम्पा चमेली, चन्दन, लेवेन्डर, अर्पण, त्रेया, पुष्पाञ्जलि, त्रिसारा, सयपत्रीलगायतका विभिन्न ब्रान्डहरू बजारमा सर्वत्र उपलब्ध छन् ।