काठमाडौं, असार २१ प्रिमियर इन्स्योरेन्स कम्पनीको २६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले शुक्रबार आफ्नो केन्द्रीय कार्यालय परिसरमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका हुन् । कम्पनीले गत आर्थिक वर्षमा कुल बीमा शुल्क एक अर्ब ६४ करोड ६७ लाख ८८ हजार रुपैयाँ आर्जन गरेको छ । कम्पनीले उक्त अवधिमा २६ करोड ५८ लाख पाँच हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।