काठमाडौं, असार २१ प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले बोनस सेयर समायोजन गरेको छ । कम्पनीले शुक्रबार १२ दशमलव ५० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मुल्य चार सय ७१ रुपैयाँ तोकेको छ । पछिल्लो पटक प्रतिकित्ता पाँच सय ३० रुपैयाँमा सेयर कारोबार भएको कम्पनीको बजार पुँजीकरण १० अर्ब ६४ करोड २० लाख ७८ हजार आठ सय २० रुपैयाँ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा भने कम्पनीको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मुल्य कायम रहेको दुई अर्ब ७९ लाख ३९ हजार चार सय रुपैयाँ बराबरको दुई करोड ७९ हजार तीन सय ९४ कित्ता सेयर सूचीकृत रहेको छ ।