काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा आयोजित हुँदै आएको ‘सेल्स क्यापासिटी इन्ह्यान्स्मेन्ट ट्रेनिङ’कोे नवौं संस्करण सफलतापूर्वक सम्पन्न भएको छ । उक्त सीप र ज्ञान विकासमूलक कार्यक्रम २०८१ साल भाद्र महिनामा तीन दिनसम्म काठमाडौंकोे बौद्धस्थित सिद्धार्थ बुटिक होटेलमा सञ्चालन गरिएको थियो । उक्त कार्यक्रमको मुख्य उद्देश्य विभिन्न शाखा कार्यालयका शाखा प्रमुखहरूको बिक्री विकास र व्यवसाय सञ्चालनको सन्दर्भमा सीप अभिवृद्धि गरे ।
यस क्षमता वृद्धि कार्यक्रम जोखिमाङ्कन, दाबी, बीमालेख तथा बीमाङ्कीय, ग्राहक सेवा, कानुन तथा सम्पत्ति शुद्धीकरण, सूचना प्रविधि, ब्रान्डलगायत अन्य दैनिक व्यापार सञ्चालनका लागि महत्वपूर्ण विषयहरूको बारेमा मुख्यगरी नयाँ शाखा प्रमुखहरूलाई अवगत गराउनका लागि सञ्चालन गरिँदै आएको छ । उक्त कार्यक्रममा उपस्थित शाखा प्रमुखहरूलाई आवश्यक कक्षा र जानकारी प्रदान गर्न प्रधान कार्यालयबाट विभिन्न विभाग प्रतिनिधिहरूको उपस्थित रहेको थियो । कार्यक्रममा तीन दिनसम्म कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलका साथै कम्पनीको व्यवस्थापन टिमले ३० जना शाखा प्रमुखहरूलाई आफ्नो विशेषज्ञता प्रदान गरेका थिए । कम्पनीको सम्पूर्ण व्यवस्थापन टिमले अझै मेहनत र लगनका साथ काम गर्न उपस्थित सम्पूर्ण शाखा प्रमुखहरूलाई प्रेरित गरेका थिए ।
प्रचलित कानुन, नीति, नियम एवं नियमनकारी निकायबाट जारी निर्देशनहरूको परिपालन गर्दै र सञ्चालक समितिको मार्गदर्शनअनुरूप संस्थागत सुशासन कायम गर्दै निर्धारित व्यावसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन कटिबद्ध रहेको र सोका लागि कम्पनीको सेवालाई थप गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गर्दै समग्रमा कार्यक्रम निकै उत्साहजनक र फलदायी रह्यो । कम्पनीको सम्पूर्ण व्यवस्थापन टिम, डिपार्टमेन्ट हेड, टिम हेडसहितको उपस्थितिमा तीन दिने कार्यक्रम सम्पन्न भएको हो ।