काठमाडौं, असार २१
सनराईज बैंकले श्वेताश्री फाउण्डेसन (एसएसएफ) ाई रकम सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सिन्धुपाल्चोकको भूकम्पपीडित माझीहरुलाई एकीकृत बस्ती निर्माण गर्दै आएको उक्त फाउण्डेसनलाई पाँच लाख रुपैयाँ सहयोग गरेको जनाएको छ ।
शुक्रबार एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले श्वेताश्री फाउन्डेसनलाई चेक हस्तान्तरण गर्दै फाउन्डेसनले गरेको कामको प्रशंसा गरे । उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृतले बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र विश्वव्यापी कोभिड १९ को कठिन घडीमा पनि यस्ता कार्य गर्दै आएको बताए ।
आगामी दिनमा पभन अन्य सामाजिक कार्यहरु गरिरहने उनको भनाइ छ । यस्तै नायिका श्वेता खड्काले फाउन्डेसनलाई विश्वास गरेकोमा सन्राइज बैंकप्रति कृतज्ञता जनाईन । सो फाउन्डेसनले स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठको सम्झनामा वि.सं. २०७३ फागुन १५ देखि सिन्धुपाल्चोकको माझी बस्तीमा कुल ५३ आधुनिक र सुविधासम्पन्न घरहरु निर्माण गर्दै आएको छ ।