राजविराज (सप्तरी) । जिल्लाका विभिन्न स्थानमा रहेका शक्तिपीठमा नवरात्र सुरु भएसँगै भक्तजनको चहलपहल बढ्नुका साथै बुधबार नवरात्रको छैटौँ दिन बिहानैदेखि छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा भक्तजनको भीड लागेको छ । स्थानीय बद्री पैकराले नवरात्रमा यी शक्तिपीठमा हजारौँ भक्तजन आउने गरेको बताए । उनले भारतबाट पनि धेरै भक्तजन पूजा गर्न आउने गरेका बताए । घटस्थापनाका दिनदेखि नै यी शक्तिपीठमा देवीका उपसक र भक्तहरू भजन तथा देवीस्तुतिका साथ पूजार्चना गरिरेका छन् ।