बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका ९ शिवगढीस्थित महासचिव विप्लवको निवास भोकरमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माबीच भेटवार्ता भएको छ।
विप्लवको सचिवालयका सदस्य एवं नेकपा कपिलवस्तु सेक्रेटरी विनोद सीले दुई नेताबीच देशको समसामयिक राजनीतिक अवस्था, माओवादी केन्द्र र नेकपा सहभागी समाजवादी मोर्चा, पुर्व माओवादी घटकहरुका विषयमा कुराकानी भएको जानकारी दिए।
दुई नेताबीचको छलफलमा अधिकांश विषयमा समान धारणा रहेको र छलफल सकारात्मक भएको बताउदै सेक्रेटरी विनोदले विप्लव र जनार्ददनबीचको भेटवार्तामा दुई पार्टीबीचको सम्भावित एकताका विषयमा पनि छलफल भएको जानकारी दिए । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले दुई दिन अघि कपिलवस्तु पुगेर विप्लवसंग राजनीतिक छलफल गरेका थिए ।